नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा जेन–जी उमेर समूहका २० जनालाई अनिवार्य रूपमा समेट्ने प्रस्ताव पेस गरिएको छ।
पार्टीको विशेष महाधिवेशनमा संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्दै महामन्त्री विश्वप्रकाश शर्माले उक्त प्रस्ताव अघि सारेका हुन्। प्रस्तावअनुसार केन्द्रीय कार्यसमितिमा ३० वर्षमुनिका २० जना र ३० वर्ष पूरा भई ४० वर्ष ननाघेका २० जना गरी कुल ४० जनाको प्रतिनिधित्व रहने व्यवस्था गरिनेछ।
यस्तै प्रदेश कार्यसमितिमा पनि दुवै उमेर समूहबाट १०–१० जना समेट्ने प्रस्ताव गरिएको छ।
त्यसैगरी भ्रातृ तथा शुभेच्छुक संस्थाबाट पार्टीको महाधिवेशनमा सहभागी प्रतिनिधिमध्येबाट सोही संस्थाका प्रतिनिधि मात्र मतदाता हुने गरी कम्तीमा एक महिलासहित तीन जना केन्द्रीय सदस्य रहने प्रस्ताव पनि प्रतिवेदनमा समावेश गरिएको छ।

















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया