मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीले १ करोड ८० लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३ करोड १३ लाख रुपैयाँ घाटा व्यहोरेको थियो
यस अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ८ करोड ३४ लाख रुपैयाँबाट बढेर ९ करोड १३ लाख रुपैयाँ पुगेको छ। यता, वित्तीय खर्च ५ करोड २९ लाख रुपैयाँ पुगेको छ। कम्पनीको कर्मचारी खर्च २७ लाख ५१ हजार र प्रशासनिक खर्च १३ लाख १८ हजार रुपैयाँ रहेको छ। कम्पनीको वित्तीय खर्च बढ़दा नाफा घटेको हो।
यस जलविद्युत कम्पनीको रिटेन्ड अर्निङमा २६ करोड ९० लाख रुपैयाँ ऋणात्मक रहेको छ। समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी २ रुपैयाँ २६ पैसा ऋणात्मक र प्रतिसेयर नेटवर्थ ६६ रुपैयाँ ३७ पैसा छ।












![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)



![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया