महुली लघुवित्तको साधारणसभा भोलि बस्दै, यस्ता छन् प्रस्तावहरु

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २२ गते
महुली लघुवित्तको साधारणसभा भोलि बस्दै, यस्ता छन् प्रस्तावहरु
AdvertisementAds

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारणसभा भोलि फागुन २३ गते बस्दैछ । सभा कम्पनीको केन्द्रीय कार्यालय सप्तरीमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।सभाले गत आर्थिक वर्षको वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने तथा ४ जना संस्थापक र २ जना सर्वसाधारण सेयरधनीको निर्वाचन गर्नेछ ।

त्यसैगरी, एफपीओ निष्काशनबाट प्राप्त रकमलाई चुक्ता पूँजीमा वृद्धि गर्ने, कम्पनीको संस्थापक सेयरलाई सर्वसाधारण सेयर समूहमा परिवर्तन गर्ने र मर्जरका लागि उपयुक्त वित्तीय संस्था पहिचान गरी सोसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । तर, कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव गरेको छैन । त्यसैले, यस वर्ष लगानीकर्ताहरु हात खाली हुनेछ। सभा प्रयोजनार्थ कम्पनीले फागुन ९ गते एक दिन बुक क्लोज गरिसकेको छ । जस अनुसार फागुन ८ गतेसम्म कायम सेयरधनीले मात्रै सभामा भाग लिन पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स