इम्पेयरमेन्ट चार्ज बढेसँगै महुली लघुवित्तको नाफा घट्यो, कति पुग्यो प्रतिसेयर आम्दानी ?

इम्पेयरमेन्ट चार्ज बढेसँगै महुली लघुवित्तको नाफा घट्यो, कति पुग्यो प्रतिसेयर आम्दानी ?

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८९ लाख खुद नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६५.६९ प्रतिशतले घटेको हो। कम्पनीले गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो

कम्पनीको इम्पेयरमेन्ट चार्ज बढेकाले नाफा घट्न पुगेको हो। गत आवमा कम्पनीको १ करोड १८ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज चालू आवमा बढेर ५ करोड ८२ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको खुद ब्याज आम्दानी भने गत आवको तुलनामा चालू आवमा ३४ दशमलव ७७ प्रतिशतले बढेको छ। चालू आर्थिक वर्षको पुसमसान्तसम्ममा कम्पनीको खुद ब्याज आम्दानी १६ करोड ४८ लाख पुगेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिमा १२ करोड १३ लाख रुपैयाँ थियो।

चुक्ता पूँजी ३ करोड २२ लाख रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङमा ७५ लाख रुपैयाँ र जगेडा कोषमा ३१ करोड २५ लाख रुपैयाँ सञ्चित रहेको छ।

नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ। गत आवको पुस मसान्तसम्म कम्पनीको १६ रुपैयाँ २० पैसा रहेको प्रतिसेयर आम्दानी चालू आवमा घटेर ५ रुपैयाँ ५६ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ३१ पैसा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स