महिला लघुवित्तका सेयरधनीको हात खाली, यसपटक पनि लाभांश नदिने
महिला लघुवित्तले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले बिहीबार बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
साथै, बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको हो । महिलाले गत आर्थिक वर्ष २०७९/८० पनि लाभांश वितरण गरेको थिएन ।