SHAREHUBSHAREHUB

महेश बस्नेतले भने, “कुलमान न घरको न घाटको भए अब पालो बालेनको”

AdvertisementAds
महेश बस्नेतले भने, “कुलमान न घरको न घाटको भए अब पालो बालेनको”
AdvertisementAds

नेकपा एमालेका सचिव महेश बस्नेतले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको राजनीतिक भविष्य संकटमा परेको टिप्पणी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता प्रयास असफल भएपछि घिसिङ ‘न घरको न घाटको’ अवस्थामा पुगेको उनको दाबी छ।

बस्नेतका अनुसार रवि लामिछानेको भरोसामा परेर घिसिङले मन्त्री पद र समानुपातिक उम्मेदवार बन्ने दुवै अवसर गुमाएका हुन्। उनले रवि लामिछानेको राजनीतिलाई ‘माकुराको जालो’ सँग तुलना गर्दै त्यसमा परेपछि उम्किन कठिन हुने टिप्पणी गरेका छन्।

उनले नेकपा एमाले र नेपाली कांग्रेसजस्ता स्थापित दलहरूलाई ‘चरा’ को संज्ञा दिँदै ती दलहरूले यस्ता जालो तोड्न सक्ने क्षमता राख्ने बताएका छन्। तर कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहजस्ता पात्रहरू भने ‘पुतली’ जस्तै भएको उनको भनाइ छ। अन्तर्राष्ट्रिय शक्तिले बुनेको रविको जालोमा परेर कुलमान अन्धकारतिर धकेलिएको बस्नेतको तर्क छ।

‘केही महिनाका लागि अस्थायी मन्त्री पद प्राप्त भयो, तर त्यसको मूल्यमा राजनीतिक भविष्य नै समाप्त भयो,’ बस्नेतले उल्लेख गरेका छन्। उनले कुलमानको अवस्थाबाट अब बालेन शाहको पालो आउन सक्ने चेतावनी दिँदै बालेन पनि रविको जालोमा पर्ने दिन टाढा नरहेको दाबी गरेका छन्।

पार्टी एकताको नाममा रवि लामिछानेले कुलमानलाई प्रयोग गरेर राजनीतिक रूपमा बिचल्लीमा पारेको र समानुपातिक उम्मेदवार दर्ता गर्ने समय समेत गुमेको बस्नेतको जिकिर छ। सामाजिक सञ्जालमा चर्चित यी पात्रहरू अन्ततः राजनीतिक रूपमा सफल हुन नसक्ने संकेत गर्दै उनले नेपालको वास्तविक राजनीतिक शक्ति स्थापित दलहरूमै रहेको दाबी गरेका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स