नेकपा एमाले भक्तपुर निर्वाचन क्षेत्र समन्वय समितिले सचिव महेश बस्नेतलाई भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा प्रत्यक्षतर्फको एकल उम्मेदवार सिफारिस गरेको छ।
बस्नेतका अनुसार, सो क्षेत्रबाट राजेन्द्र राजथला र अनिल श्रेष्ठले पनि उम्मेदवारीको दाबी गरेका थिए, तर उनीहरूले आफ्नो इच्छा छाडेर बस्नेतलाई सर्वसम्मत बनाउने भूमिका निभाएका हुन्।
एमालेले प्रतिनिधि सभाका लागि कतै सर्वसम्मत, कतै बहुआकांक्षी र कतै मतदानमार्फत् उम्मेदवार सिफारिस गर्दै प्रक्रिया अघि बढाइरहेको छ। प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता यही माघ ६ गते हुने तालिका तय गरिएको छ।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया