insta insta

महावीर पुन भन्छन्, “उम्मेदवारले पैसा बाँडेर भोट माग्छन् भन्छन् मलाई त उल्टै पैसा दिइरहेका छन्”

महावीर पुन भन्छन्, “उम्मेदवारले पैसा बाँडेर भोट माग्छन् भन्छन् मलाई त उल्टै पैसा दिइरहेका छन्”
Advertisement Ads

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनले मतदाताहरूले नै आफ्नो चुनावी खर्च जुटाइदिन थालेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, “भोट माग्न गाउँ–गाउँ जाँदा मतदाताहरूले मलाई चुनाव खर्च भनेर पैसा दिइरहेका छन्। उम्मेदवारले पैसा बाँडेर भोट माग्छन् भन्ने सुनिन्छ, तर मलाई त उल्टै पैसा दिइरहेका छन्।”

पुनले संकलित चन्दाको सम्पूर्ण हिसाब–किताब पारदर्शी रूपमा सार्वजनिक गर्ने प्रतिबद्धता पनि जनाएका छन्। उनले पैसा मात्र होइन, धेरैजसो गाउँमा खान–बस्नेसमेत स्थानीय जनताले नै व्यवस्था गरिदिएको उल्लेख गरेका छन्।

636599685 888898147384883 2740993448274204448 n https://bajarkochirfar.com/mahavir-pun-says-candidates-say-they-ask-for-votes-by-distributing-money-but-instead-they-are-giving-me-money | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स