महालक्ष्मी विकास बैंक लिमिटेडले सेयरधनीका बैंक खातामा नगद लाभांश जम्मा गरेको छ। बैंकले पुस २१ गते बसेको वार्षिक साधारण सभाबाट पारित भएकोको ५.३७ प्रतिशत (करसहित)को नगद लाभांश सेयरधनीको बैंक खातामा पठाउन सुरु गरेको हो। नगद लाभांशसँगै ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि पारित गरेको थियो। बोनस सेयर नेपाल स्टक एक्सेन्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचीकृत भएपछि मात्र सेयरधनीको डिम्याट खातामा जम्मा हुनेछ। लाभांश वितरणका लागि बैंकले पुस ७ गते बुक क्लोज गरेको थियो, जसअनुसार नेप्सेमा पुस ६ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन्।
बैकले डिम्याट खातामा बैंक खाता नम्बर अद्यावधिक नगरेका वा सेयर अभौतिकीकरण नगरेका सेयरधनीलाई छिट्टै प्रक्रिया पूरा गरी हितग्राही खातामा बैंक खाता नम्बर अपडेट गर्न अनुरोध गरेको छ, जसपछि मात्र सेयरधनीले लाभांश प्राप्त गर्न सकिनेछ।साथै, सेयर धितो राखेर ऋण लिएका सेयरधनी ऋण लिएको बैंक/वित्तीय संस्थाबाट स्वीकृति पत्र पेश गरेपछि नगद लाभांश प्राप्त गर्न सक्ने व्यवस्था रहेको बैंकले जनाएको छ।








![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)




![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-768x432.jpg)


![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया