उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको अर्थतन्त्र बिस्तारै सुधारको दिशामा अघि बढिरहेको बताएका छन्। अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नयाँ बानेश्वर व्यापार व्यवसायी संघले आयोजना गरेको वृहत् खुला रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविरमा बोल्दै उनले अर्थतन्त्रले सकारात्मक लय समात्न थालेको धारणा व्यक्त गरे।
“राष्ट्र बैंकलगायत विभिन्न स्रोतका तथ्यांकहरूले अर्थतन्त्र सुधारको बाटोमा अघि बढिरहेको स्पष्ट देखिन्छ,” मन्त्री सिंहले भने।
कार्यक्रममा मन्त्री सिंहले नयाँ बानेश्वर व्यापार व्यवसायी संघले स्थानीय व्यापारीहरूको हितमा सक्रिय भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै, यस्ता अभियानहरूले सामाजिक उत्तरदायित्व निर्वाहमा सघाउ पुर्याउने विश्वास पनि व्यक्त गरे।
















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया