सोलु हाइड्रोपावर लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्याइएको ५ लाख कित्ता साधारण सेयर (आईपीओ) को लकइन अवधि आगामी साउन ११ गते समाप्त हुने भएको छ।
कम्पनीले सर्वसाधारणमा आईपीओ निष्काशन गर्दा कुल निष्काशित सेयरमध्ये ५ लाख कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरेको थियो। प्रचलित व्यवस्था अनुसार सर्वसाधारणमा आईपीओ बाँडफाँड भएको मितिले ६ महिनासम्म उक्त सेयर लकइनमा राख्नुपर्ने हुन्छ।
लकइन अवधि समाप्त भएपछि ती सेयरहरू दोस्रो बजारमा कारोबारका लागि योग्य हुनेछन्। कम्पनीको सेयर रजिष्ट्रारको काम नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले गर्दै आएको छ।








![Nepse Gap Fill नगरी माथि जान सक्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/l0iAiQQCcl4-maxresdefault-768x432.jpg)


![घरजग्गा मार्फत कसरी हुन्छ सम्पत्ति शुद्धिकरण ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/r-yxcMlaEZg-maxresdefault-768x432.jpg)


![Nepse Gap Fill नगरी माथि जान सक्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/l0iAiQQCcl4-maxresdefault-150x150.jpg)

![घरजग्गा मार्फत कसरी हुन्छ सम्पत्ति शुद्धिकरण ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/r-yxcMlaEZg-maxresdefault-150x150.jpg)


प्रतिकृया