डिप्रोक्स लघुवित्तको २ लाख ३ हजार कित्ता सेयरको लकइन अवधि सकिँदै
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड (पूर्व आदर्श लघुवित्त) का २ लाख ३ हजार ८२४ कित्ता सेयरको लकइन अवधि साउन १० गते सकिने भएको छ।
कम्पनीको संस्थापकतर्फका २ लाख २ हजार ३४२ कित्ता र कर्मचारी स्वामित्वमा रहेका १ हजार ४८२ कित्ता सेयरको लकइन अवधि सोही मितिमा समाप्त हुने हो। नियमानुसार, आईपीओ निष्काशनपछि संस्थापक तथा कम्पनीका कर्मचारीहरूले प्राप्त गरेका सेयरहरू तीन वर्षसम्म लकइन अवधिमा राख्नुपर्ने व्यवस्था छ।
अब उक्त अवधि समाप्त भएसँगै ती सेयरहरू खुल्ला बजारमा खरीद–बिक्री गर्न सकिनेछ। तर, कम्पनीका उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरूलाई भने सेयर कारोबार गर्न नपाउने व्यवस्था यथावत् रहने कम्पनीले जानकारी दिएको छ।