instainsta

सयपत्री हाईड्रोपावरको २२ लाख ९३ हजार कित्ता सेयरको लक-इन सकिँदै

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार २० गते
सयपत्री हाईड्रोपावरको २२ लाख ९३ हजार कित्ता सेयरको लक-इन सकिँदै
AdvertisementAds

सयपत्री हाईड्रोपावर लिमिटेडको लक-इन अवधि आगामी साउन महिनामा समाप्त हुने भएको छ। कम्पनीको कुल २२ लाख ९३ हजार ३६१ कित्ता सेयरको लक-इन अवधि साउन २३ गते समाप्त हुँदैछ।

लक-इन अवधि समाप्त हुन लागेका सेयरहरूमा २१ लाख कित्ता संस्थापक सेयर, १ लाख ७८ हजार ९४० कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई जारी गरिएका सेयर, र १४ हजार ४२१ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएका सेयर समावेश छन्।

कम्पनीले आफ्नो जारी पूँजी ३० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ३ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याएको थियो। तीमध्ये १ लाख ७८ हजार ९४० कित्ता बाँडफाँड गरिसकेको छ। त्यसैगरी, कुल पूँजीको २ प्रतिशत अर्थात् १४ हजार ४२१ कित्ता साधारण सेयर कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरी बाँडफाँड गरिएको थियो।

सर्वसाधारणका लागि उक्त सेयर २०७९ साल साउन २४ गते बाँडफाँड गरिएको थियो। अब तीन वर्षको लक-इन अवधि समाप्त भएसँगै यी सेयरहरू दोस्रो बजारमा किनबेच गर्न सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स