SHAREHUBSHAREHUB

२०८३ सालको बैंक बिदाको सूची सार्वजनिक, कति दिन हुनेछ बैंक बन्द ? [सूचीसहित]

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र ८ गते
AdvertisementAds
२०८३ सालको बैंक बिदाको सूची सार्वजनिक, कति दिन हुनेछ बैंक बन्द ? [सूचीसहित]
AdvertisementAds

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३ का लागि सार्वजनिक बैंक बिदा र कार्यालय समयको विवरण सार्वजनिक गरेको छ। नयाँ वर्षको अवसरमा वैशाख १ गते बैंक बिदा हुनेछ। त्यसैगरी वैशाख १८ गते बुद्ध जयन्ती र किराँत समुदायको उभौली पर्व, जेठ १५ गते गणतन्त्र दिवस, भदौ १२ गते रक्षाबन्धन र भदौ १३ गते गाईजात्रा (काठमाडौं उपत्यका र नेवार समुदायका लागि मात्र) बिदा दिइनेछ। भदौ १९ गते श्रीकृष्ण जन्माष्टमी र गौरा पर्व, भदौ २९ गते हरितालिका (तीज, महिला कर्मचारीका लागि मात्र) बिदा हुनेछ।

असोज ३ गते संविधान दिवस देशभर, असोज ९ गते इन्द्रजात्रा (काठमाडौं उपत्यकामा मात्र) र असोज १८ गते जितिया पर्व (सम्बन्धित महिला कर्मचारीका लागि मात्र) मा बिदा रहनेछ। बडा दशैंको अवसरमा असोज ३१ गते फूलपातीदेखि कात्तिक ६ गते द्वादशीसम्म कुल ७ दिन बिदा हुनेछ भने तिहारको अवसरमा कात्तिक २२ गते लक्ष्मीपूजा देखि कात्तिक २६ गते भाइटीकाको भोलिपल्टसम्म कुल ५ दिन बिदा रहनेछ।

अन्य विशेष बिदामा कात्तिक २५ गते फाल्गुनन्द जयन्ती (किराँत धर्मावलम्बीका लागि मात्र), कात्तिक २९ गते छठ पर्व, मंसिर १७ गते अन्तर्राष्ट्रिय अपाङ्गता दिवस (अपाङ्गता भएका कर्मचारीका लागि मात्र), पुस ९ गते धान्य पूर्णिमा, उधौली पर्व, योमरी पुन्हि र ज्यापु दिवस, पुस १० गते क्रिसमस डे, पुस १५ गते तमू ल्होसार र दुरा समुदायको पर्व, पुस २८ गते पृथ्वी जयन्ती, माघ १ गते माघे सङ्क्रान्ति, माघ १६ गते सहिद दिवस, माघ २४ गते सोनम ल्होसार, फागुन ७ गते प्रजातन्त्र दिवस, फागुन २२ गते महाशिवरात्रि, फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवस, फागुन २५ गते ग्याल्पो ल्होसार, चैत १ गते पहाडी तथा हिमाली होली र चैत २ गते तराई होली रहेका छन्।

नेपाल राष्ट्र बैंकको कार्यालय समयलाई दुई कालखण्डमा विभाजन गरिएको छ। वैशाख १ देखि कात्तिक १५ र माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म हुनेछ भने बैंकिङ कारोबार समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछ। कात्तिक १६ देखि माघ १५ सम्मको हिउँदे समयमा कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ४ बजे र बैंकिङ कारोबार समय बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म रहनेछ। प्रत्येक शनिबार बैंक पूर्ण रूपमा बन्द रहनेछ। यद्यपि नेपाल सरकारले आकस्मिक सार्वजनिक बिदा घोषणा गरेको अवस्थामा नगद भुक्तानी, ईसीसी, आरटीजीएस तथा मौद्रिक व्यवस्थापन जस्ता अत्यावश्यक सेवाहरू सीमित कर्मचारीसहित बिहान १० बजेदेखि अपराह्न १:३० बजेसम्म सञ्चालन हुने राष्ट्र बैंकले जनाएको छ।

AdvertisementAds
PDF Document
Open in New Tab

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स