नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीका लागि मत दिन आह्वान गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत प्रत्यक्ष तथा समानुपातिक दुवै मतपत्रमा ‘रुख’ चुनाव चिह्नमा मतदान गर्न आग्रह गरेका हुन्।
नेता खड्काले भने, “फागुन २१ गते प्रतिनिधिसभाका २७५ सिटका लागि निर्वाचन हुँदैछ। उक्त निर्वाचन शान्तिपूर्ण र निष्पक्ष सम्पन्न हुनुपर्दछ, यसका लागि हाम्रो माग तथा शुभकामना छ। म यस निर्वाचनमा उम्मेदवार किन छैन भन्ने कारण मैले गत माघ ६ गते सामाजिक सञ्जालमार्फत सबैमा स्पष्ट पारिसकेको छु।”
खड्काले देशभरिका सबै मतदान केन्द्रमा गएर प्रत्यक्ष र समानुपातिक दुवै मतपत्रमा ‘रुख’मा स्वस्तिक छाप लगाएर कांग्रेसलाई विजयी बनाउन सबै मतदातालाई आग्रह गरेका छन्।




















प्रतिकृया