लक्ष्मी सनराइज बैंक लिमिटेडले फाल्गुन १ गतेदेखि लागू हुने ब्याजदर सार्वजनिक गरेको छ। बैंकले बचत खातादेखि मुद्दती निक्षेप र विदेशी मुद्रामा आधारित निक्षेप योजनाहरूमा कुनै परिवर्तन नगरेको जनाएको छ।
नेपाली रुपैयाँबचत निक्षेप योजनाहरूमा आधारभूत बचत, पेरोल बचत, प्रिमियम बचत, र रेमिट्यान्स बचत योजनाका ब्याजदरहरू क्रमशः ३.००%, ४.००%, ५.००%, र ६.००% कायम रहेको छ।
मुद्दती निक्षेप योजनाहरूमा व्यक्तिगत तथा संस्थागत निक्षेपका दरहरू स्थिर रहेका छन्। व्यक्तिगत मुद्दती निक्षेपमा तीन महिनादेखि छ महिनासम्म ४.००%, छ महिनादेखि एक वर्षसम्म ४.५०%, एक वर्षदेखि दुई वर्षसम्म ५.००%, दुई वर्षदेखि पाँच वर्षसम्म ५.५०%, र पाँच वर्षभन्दा माथि ५.७५% कायम रहेको छ।
संस्थागत मुद्दती निक्षेपमा क्रमशः छ महिनादेखि एक वर्षसम्म ३.५०%, एक वर्षदेखि दुई वर्षसम्म ४.००%, दुई वर्ष माथि ४.२५%, र पाँच वर्षभन्दा माथि ४.५०% कायम रहेको छ।
बैंकको विदेशी मुद्रामा आधारित (FCY) निक्षेप योजनाहरूमा पनि कुनै परिवर्तन गरिएको। अमेरिकी डलर (USD), युरो (EUR), पाउन्ड (GBP), र अष्ट्रेलियन डलर (AUD) मा बचत खाताका ब्याजदर क्रमशः ३.००%, २.००%, २.५०%, र २.००% नै कायम रहेको छ। विदेशी मुद्राका मुद्दती निक्षेप दरहरू पनि अघिल्लो महिनाकै दरमा यथावत् रहेको बैंकले जनाएको छ।
त्यस्तै, कर्जा तथा अग्रिम योजनाहरूमा समेत कुनै परिवर्तन नगरिएको बैंकले जनाएको छ। क्यास क्रेडिट, छोटो अवधि कर्जा, तथा अटो लोन जस्ता कर्जा योजनाहरूमा अघिल्लो महिनाकै ब्याजदर कायम गरिएको छ।



















प्रतिकृया