लाभांश पारित गर्न लक्ष्मी सनराइज बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर १८ गते
लाभांश पारित गर्न लक्ष्मी सनराइज बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?
AdvertisementAds

लक्ष्मी सनराइज बैंकले आगामी पुस महिनामा आफ्नो वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। मंसिर १७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले पुस १४ गते काठमाडौँ, कमलपोखरीस्थित अग्रवाल भवनमा बिहान ११ बजेदेखि २५ औं वार्षिक सभा गर्ने निर्णय गरेको हो।

सभामा बैंकको सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १०.५३ प्रतिशत लाभांश वितरणको विशेष प्रस्ताव पारित गरिनेछ। बोनस सेयर जारी गर्न आवश्यक हदसम्म अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पनि पारित गरिनेछ।

सभामा आव २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वित्तीय विवरणहरू छलफल गरी पारित गरिनेछ। साथै आव २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरिनेछ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार, मंसिर २९ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरू मात्र लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स