instainsta

लक्ष्मी स्टीलले डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत् महसुल तिर्यो, सर्वोत्तम सिमेन्टले पनि बुझायो दोस्रो किस्ता 

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र ९ गते
लक्ष्मी स्टीलले डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत् महसुल तिर्यो, सर्वोत्तम सिमेन्टले पनि बुझायो दोस्रो किस्ता 
AdvertisementAds

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवलमा सञ्चालित लक्ष्मी स्टीलले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत खपत गरेवापतको बक्यौता महसुल तिर्न सुरु गरेको छ। कुल २३ करोड ७९ लाख रुपैयाँ बक्यौतामध्ये उद्योगले शुक्रबार पहिलो किस्ताका रूपमा ८४ लाख ९८ हजार रुपैयाँ बुझाएको हो। लक्ष्मी स्टीलले २८ किस्तामा बक्यौता चुक्ता गर्नेछ।

त्यस्तै, सुनवलमै रहेको सर्वोत्तम सिमेन्टले पनि बक्यौता तिर्ने क्रम जारी राख्दै दोस्रो किस्ताबापत ३७ लाख ६३ हजार रुपैयाँ बुझाएको छ। उद्योगको कुल बक्यौता ११ करोड ९६ लाख रुपैयाँ रहेको छ, जसलाई २८ किस्तामा भुक्तान गर्ने प्रतिबद्धता जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स