हाइड्रोपावर समूहको सबैभन्दा महँगो सेयर भएको कम्पनी कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ८८ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १४.२६ प्रतिशत कम हो । गत वर्ष यस कम्पनीले १ करोड ३ लाख १९ हजार रुपैयाँ नाफा कमाएको थियो ।
विद्युत बिक्री आम्दानी घटेसँगै कम्पनीको खुद नाफा पनि घटेको हो। कम्पनीले बिक्रीबाट हुने आम्दानी १ करोड ९९ लाख रुपैयाँ गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.८४ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड १६ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको थियो।
१२ करोड १८ लाख ६७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कुथेली हाइड्रोपावरको जगेडा कोषमा ६ करोड १८ लाख रुपैयाँ रहेको छ । कम्पनीको कुल नाफा समीक्षा अवधिमा ३.४९ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा १३.२० प्रतिशत बढेको छ। समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च ४६.१७ प्रतिशत घटेको छ।
नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ४२ पैसा घटेर १४ रुपैयाँ ५२ पैसामा सीमित भएको छ भने प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ७३ पैसा रहेको छ।










![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)






![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)

प्रतिकृया