मध्य भोटेकोशी आयोजनाबाट एक महिनाभित्र विद्युत उत्पादन सुरु गर्न कुलमानले दिए निर्देशन

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र ३ गते
मध्य भोटेकोशी आयोजनाबाट एक महिनाभित्र विद्युत उत्पादन सुरु गर्न कुलमानले दिए निर्देशन

नेपाल विद्युत प्राधिकरणले चिलिमे जलविद्युत लिमिटेडको अगुवाइमा निर्माण भइरहेको मध्यभोटेकोशी जलविद्युत आयोजना र खिम्ती–बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र सम्पन्न गर्न निर्देशन दिएको छ।

मध्यभोटेकोशीको संरचना तथा उपकरण परीक्षणका क्रममा सुरुङ चुहिएको थियो, जसको मर्मत कार्य तीव्र रूपमा भइरहेको छ। १०२ मेगावाट क्षमताको यस आयोजनाबाट हिउँदयाममा ४० मेगावाट विद्युत उत्पादन हुने अपेक्षा गरिएको छ।

कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीले प्रसारण लाइन र सबस्टेसनको अनुगमन गर्दै, बाँकी काम छिटो सम्पन्न गर्न निर्देशन दिएको छ। रामेछापको नयाँ खिम्ती सबस्टेसनदेखि सिन्धुपाल्चोकको बाह्रबिसेसम्मको ४०० केभी प्रसारण लाइन अन्तिम चरणमा रहेको छ, जसमा करिब एक किलोमिटर तार तान्न बाँकी छ।

४०० केभी प्रसारण लाइनलाई तत्काल २०० केभीमा सञ्चालन गरी मध्यभोटेकोशीको विद्युत राष्ट्रिय ग्रिडमा समावेश गरिनेछ। बाह्रबिसे–लप्सीफेदी लाइनमा १२२ टावरमध्ये २ को मात्र निर्माण बाँकी छ, साथै बाह्रबिसेमा २२० केभी सबस्टेसनको निर्माण सम्पन्न भइसकेको छ।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स