SHAREHUB SHAREHUB

कृषि विकास बैंकले भन्यो, “लहानको धितो लिलामीबारे भ्रम छरियो, बैंकमा तालाबन्दी र तोडफोड भयो”

Advertisement Ads
कृषि विकास बैंकले भन्यो, “लहानको धितो लिलामीबारे भ्रम छरियो, बैंकमा तालाबन्दी र तोडफोड भयो”
Advertisement Ads

कृषि विकास बैंकले सिरहाको लहान शाखासँग सम्बन्धित कर्जा असुली तथा लिलामीबारेका समाचारलाई भ्रमपूर्ण भएको बताएको छ। बैंकले बिहीबार विज्ञप्ति जारी गर्दै शाखामा तालाबन्दी र तोडफोडका घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, “लहान शाखाका प्रबन्धक र कर्मचारीलाई जोडेर सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा कपोलकल्पित र भ्रामक समाचार प्रकाशित गरिनुका साथै बैंकिङ सेवा नै अवरुद्ध हुने गरी तालाबन्दी, ढुंगामुढा र होहल्ला गरिएको घटनाप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको छ।”

बैंकका अनुसार, यस्ता अराजक गतिविधिले ग्राहक, सरोकारवाला र सर्वसाधारणमा भ्रम सिर्जना गर्नुका साथै बैंकको सेवा प्रवाहमा अवरोध पुगेको छ। विज्ञप्तिमा थप भनिएको छ, “संवेदनशील स्थानमा अमर्यादित र अवाञ्छित गतिविधि हुनु गम्भीर विषय हो, र यसबारे सत्य विवरण सार्वजनिक गर्न आवश्यक देखिएको छ।”

बैंकले लहान शाखाबाट व्यक्तिगत ओभरड्राफ्ट कर्जा उपभोग गरेका ग्राहकले सम्झौताअनुसार समयमै साँवा र ब्याज भुक्तानी नगरेको बताएको छ। बैंकका अनुसार, लामो समयसम्म भुक्तानी नगरेपछि मौखिक र लिखित ताकेता गरिएको थियो।

२०७९ वैशाख २० मा २१ दिने सार्वजनिक सूचना जारी गरी भुक्तानीको लागि अन्तिम चेतावनी दिइएको र त्यसपछि पनि कर्जा नतिरेपछि प्रचलित नियमअनुसार २०७९ माघ २३, २०८० जेठ १७, र २०८० मंसिर ४ मा राष्ट्रिय दैनिकमा धितो लिलामीका सूचना प्रकाशन गरिएको बैंकले जनाएको छ।

Advertisement Ads

बारम्बार मौका दिँदा पनि भुक्तानी नगरेपछि चौथोपटक मिति २०८० मंसिर ८ मा धितो लिलामी सूचना प्रकाशन गरी रीतपूर्वक शीलबन्दी बोलपत्र आह्वान गरिएको थियो। बैंकले सबै प्रक्रिया पूरा गरी उच्चतम बोलपत्र स्वीकृत गरेर सम्बन्धित व्यक्तिको नाममा मालपोत कार्यालयमा दर्ता गरेको जनाएको छ।

बैंकले यस्ता गतिविधिहरू रोक्न र वास्तविक तथ्य सार्वजनिक गर्न आफू प्रतिबद्ध रहेको बताएको छ।

Press Release final page 0001.original https://bajarkochirfar.com/krishi-bikas-bank-said-confusion-spread-over-the-mortgage-auction-banks-were-locked-and-vandalized | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स