SHAREHUBSHAREHUB

जेनजी आन्दोलनपछि पहिलो पटक झापा पुगे केपी ओली

AdvertisementAds
जेनजी आन्दोलनपछि पहिलो पटक झापा पुगे केपी ओली
AdvertisementAds

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलो पटक झापा पुगेका छन्। सोमवार बिहान भद्रपुर विमानस्थलमा स्थानीय नेता तथा कार्यकर्ताहरूले उनको भव्य स्वागत गरेका थिए। विमानस्थलबाट ओली विर्तामोड हुँदै दमक जाँदै छन्। नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरीका अनुसार आज दिउँसो २ बजे दमकस्थित होटल कामाक्षमा पत्रकार सम्मेलन गर्ने तयारी छ।

ओलीको भ्रमण माघ ६ गतेको मनोनयन दर्तासँग सम्बन्धित छ। निर्वाचन आचारसंहितालाई ध्यानमा राख्दै मनोनयन सीमित व्यक्तिको उपस्थितिमा गरिने र त्यसपछि मात्र चुनावी रणनीति तय गरिने एमालेले जनाएको छ।

संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले भने, “मतदातामा त्रास, डर र सामाजिक सञ्जालको दुरुपयोगका कारण अझै चुनावी वातावरण तयार भएको छैन। तर एमाले चुनावमा पूर्ण रूपमा तयार छ।” स्वागतका क्रममा कार्यकर्ताहरूले नेपालको नक्सासहित कालापानी र लिपुलेकलाई समेटेको पोस्टर पनि प्रदर्शन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स