नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । उनले मंगलवार दिउँसो निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।
मनोनयनका लागि ओली सोमवार नै झापा पुगेका थिए । मनोनयन दर्ताअघि उनले जेनजी आन्दोलनका क्रममा क्षति भएका संरचनाहरूको अवलोकन पनि गरेका थिए । झापा–५ ओलीको गृह क्षेत्र हो, जहाँ उनले यसअघिका निर्वाचनहरूमा लगातार विजय हासिल गरेका थिए ।
यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले पनि मनोनयन दर्ता गराएका छन् । आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा झापा–५ उच्च चर्चामा रहेको क्षेत्र बनेको छ ।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया