कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेड (KBSH) ले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ। सभा पुस २७ गते काठमाडौं ब्यांक्वेट प्रालि, थापाथलीमा बिहान १०:३० बजे सुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यसका साथै, सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा–नोक्सान विवरणमाथि छलफल गरिनेछ।
साधारण सभा तथा लाभांश वितरणका लागि कम्पनीले पुस ११ गते बुक क्लोज गर्ने घोषणा गरेको छ। यसअनुसार, पुस १० गतेसम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया