खानी खोला हाइड्रोपावर लिमिटेडले १:१ अनुपातमा अर्थात् १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हालको ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँ चुक्तापुँजीको आधारमा कुल ४६ लाख ५७ हजार १४३ कित्ता सेयर भदौ ३ गतेदेखि बिक्री खुला गर्नेछ। प्रत्येक सेयरको अंकित मूल्य १०० रुपैयाँ रहेको छ।
यसमा सेयरधनीहरूले सिटिजन्स क्यापिटल, सिटिजन्स बैंकका विभिन्न शाखा (कुमारीपाटी, थिमी, विराटनगर, बिर्तामोड, वीरगन्ज, सुर्खेत, जनकपुर, नेपालगन्ज, नारायणगढ, धनगढी, पोखरा, हेटौँडा) र कुमारी बैंक ललितपुरबाट आवेदन दिन सक्नेछन्। साथै, सी–आस्बा प्रणाली र मेरो सेयरमार्फत पनि आवेदन दिन सकिनेछ।
कम्पनीले असार २७ गते बुक क्लोज गरेकाले सो दिनसम्म नाम दर्ता भएका सेयरधनीले मात्र आवेदन दिन पाउनेछन्। हकप्रद सेयरमा आवेदन दिने अन्तिम म्याद भदौ २३ गतेसम्म तोकिएको छ।















![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-768x432.jpg)





![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-150x150.jpg)
प्रतिकृया