डिजिटल वालेट ‘खल्ती’ले मञ्जुश्री फाइनान्ससँगको सहकार्यमा ‘स्मार्ट डिपोजिट’ सुविधा सुरु गरेको छ। यो सुविधामार्फत प्रयोगकर्ताले खल्ती एपबाटै निश्चित रकम नियमित रूपमा बचत गर्न सक्नेछन्।
सुरुवातमा न्यूनतम १०० रुपैयाँ राखेर दैनिक, साप्ताहिक वा मासिक रूपमा पैसा जम्मा गर्न सकिन्छ। बचत अवधि ६ महिनादेखि ५ वर्षसम्म रोज्न मिल्छ।
बचत गरिएको रकम मञ्जुश्री फाइनान्सको खातामा जम्मा हुनेछ र ब्याजदर फाइनान्स कम्पनीले प्रकाशित गर्ने रिकरिङ डिपोजिट दरअनुसार हुनेछ।
खल्ती एपमै जम्मा विवरण हेर्न सकिनेछ। यो सेवा नेपाल राष्ट्र बैंकको नियमअनुसार सञ्चालन हुनेछ।
नेपालमा डिजिटल वालेट मुख्य रूपमा युवापुस्ताले बढी प्रयोग गर्ने भएकाले यो सुविधाले उनीहरूमा बचत र लगानीको बानी बसाल्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। मोबाइल एपमार्फतै खाता खोल्ने र बचत गर्न मिल्ने भएकाले यो प्रक्रिया सजिलो र समय बचत हुने पनि बताइएको छ।









![नेपालमा सफल बिजनेस गर्ने हो भने बुझ्नैपर्ने कुराहरु [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/b6-IQQtovOU-maxresdefault-768x432.jpg)






![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)



प्रतिकृया