मन्त्री बन्ने चर्चामा रहेका खगेन्द्रमाथि हातपातदेखि साइबर अपराधसम्मका तीन मुद्दा

मन्त्री बन्ने चर्चामा रहेका खगेन्द्रमाथि हातपातदेखि साइबर अपराधसम्मका तीन मुद्दा

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री सिफारिस गरेका खगेन्द्र सुनारविरुद्ध तीनवटा अदालतमा मुद्दा चलिरहेको खुलेको छ। उनीविरुद्ध सर्वोच्च अदालत, सुर्खेत जिल्ला अदालत र काभ्रे जिल्ला अदालतमा विभिन्न अभियोगमा मुद्दा विचाराधीन छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका लागि सिफारिस भएका सुनारविरूद्ध सुर्खेत अदालतमा मेहेलकुना अस्पतालका प्रमुख डा. सोजन सापकोटामाथि हातपात र स्वास्थ्य संस्था तोडफोडसम्बन्धी मुद्दा दायर छ, जसमा दुई पटक पक्राउ पुर्जी जारी भइसकेको छ।

त्यस्तै, काभ्रे अदालतमा अधिवक्ता मनीषा गौतममाथि फेसबुकमा गालीगलौज गरेको अभियोगमा विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा चलिरहेको छ। उनले अदालतमा उपस्थित नहुँदा प्रक्रिया अघि बढ्न सकेको छैन। साथै, गौतमले सुनारविरुद्ध सर्वोच्च अदालतमा मानहानिको मुद्दा पनि दायर गरेकी छन्, जसको पनि छिनोफानो भएको छैन

571360596 10238522400861672 6151560896830320079 n 1761460013 https://bajarkochirfar.com/khagendra-who-is-in-the-news-for-becoming-a-minister-faces-three-cases-ranging-from-assault-to-cybercrime | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स