SHAREHUB SHAREHUB

 पहिलो त्रैमासमा कामना सेवा विकास बैंकको नाफा १२.९२ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक १५ गते
Advertisement Ads
 पहिलो त्रैमासमा कामना सेवा विकास बैंकको नाफा १२.९२ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ?
Advertisement Ads

कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार बैंकको खुद नाफा १२.९२ प्रतिशतले बढेर १९ करोड ७६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १७ करोड ५० लाख रुपैयाँ नाफा कमाएको थियो।

खर्चमा सामान्य वृद्धि भए पनि ब्याज तथा शुल्क आम्दानीमा सुधार भएको कारण बैंकको नाफा वृद्धि भएको हो।

पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी १९.०९ प्रतिशतले बढेर ६१ करोड ७६ लाख रुपैयाँ पुगेको छ भने खुद फि एन्ड कमिसन आम्दानी १२.२३ प्रतिशतले बढेर ८ करोड ४४ लाख रुपैयाँमा पुगेको छ। यता, इम्पेयरमेन्ट चार्ज गत वर्षको ४ करोड ८७ लाख रुपैयाँबाट बढेर ११ करोड ७ लाख रुपैयाँमा पुगेको छ।

बैंकको खराब कर्जा अनुपात ०.४५ प्रतिशत बिन्दुले बढेर ४.४१ प्रतिशत पुगेको छ। 

समीक्षा अवधिमा बैंकले ६३ अर्ब ४ करोड रुपैयाँ निक्षेप संकलन गरी ५३ अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको कुल सम्पत्ति ७१ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ।

Advertisement Ads

बैंकको वितरणयोग्य नाफा १३ करोड ५२ लाख रुपैयाँ र प्रतिसेयर आम्दानी २०.४६ रुपैयाँ रहेको छ। यस्तै, नाफाका आधारमा वार्षिक लाभांश क्षमता करिब १४.०१ प्रतिशत रहेको बैंकले जनाएको छ।

बैंकको हालै सम्पन्न १९औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।

झ्ह्ह scaled https://bajarkochirfar.com/kamana-sewa-bikas-banks-profit-increased-by-12-92-percent-in-the-first-quarter-what-are-the-other-indicators | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स