कालिन्चोक हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड सम्पन्न भएको छ। बिक्री प्रबन्धक आरविवि मर्चेन्टले आइतबार उक्त सेयर बाँडफाँड गरेको हो।
कम्पनीले फागुन १३ गतेदेखि १७ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ८२ हजार ५ कित्ता सेयर निष्काशन गरेको थियो। यस निष्काशनमा ८३ हजार ६०६ जनाबाट आवेदन परेको बिक्री प्रबन्धक आरविवि मर्चेन्टले जनाएको छ। तीमध्ये ७४ हजार ५६८ जनाको आवेदन मात्र योग्य ठहरिएको थियो।
मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथामार्फत सेयर बाँडफाँड गरिएको हो। जसअनुसार ८ हजार २५० जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् भने बाँकी आवेदकको भने हात खाली भएको छ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई माघ १९ गते आईपीओ निष्काशनको अनुमति दिएको थियो।






















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)
प्रतिकृया