जोशी हाइड्रोपावरको दुई आर्थिक वर्षको साधारण सभा आज बस्दै, यस्ता छन् प्रस्तावहरु
जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले २ आर्थिक वर्षको वार्षिक साधारण सभा आज माघ १५ गते बस्दैछ । कम्पनीको नवौं र दशौं वार्षिक साधारण सभा भोलि बस्ने भएको हो । सभा, सेलिब्रेशन हाईट, सुकेधारा काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०७९–८० र २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ। यस्तै, कम्पनीको रिक्त महिला १ सहित ३ जना सञ्चालकको निर्वाचन गर्नेछ। तर, कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन । त्यसैले, यो पटक पनि सेयरधनीको हात खाली हुनेछ ।
सभा प्रयोजनार्थ कम्पनीले माघ ३ गते गते बुक क्लोज गरिसकेको छ । तसर्थ, माघ २ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।