जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले २ आर्थिक वर्षको वार्षिक साधारण सभा भोलि माघ १५ गते बस्दैछ । कम्पनीको नवौं र दशौं वार्षिक साधारण सभा भोलि बस्ने भएको हो । सभा, सेलिब्रेशन हाईट, सुकेधारा काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०७९–८० र २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । यस्तै, कम्पनीको रिक्त महिला १ सहित ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ।तर, कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन । त्यसैले, यो पटक पनि सेयरधनीको हात खाली हुनेछ ।
सभा प्रयोजनार्थ कम्पनीले माघ ३ गते गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, माघ २ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउने छन् ।



















प्रतिकृया