instainsta

भाटभटेनीका १० हजार कर्मचारीको जागिर सुरक्षित, बन्द स्टोरका स्टाफ अन्य शाखामा खटाइए

बजारको चिरफार
बजारको चिरफार
२०८२ आश्विन ३ गते
भाटभटेनीका १० हजार कर्मचारीको जागिर सुरक्षित, बन्द स्टोरका स्टाफ अन्य शाखामा खटाइए
AdvertisementAds

भाटभटेनी सुपरस्टोरका १२ वटा स्टोर अझै बन्द भए पनि त्यहाँ काम गर्ने १० हजार कर्मचारीको जागिर सुरक्षित रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार, प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनीका कारण पनि कुनै कर्मचारीलाई हटाइएको छैन। बन्द स्टोरका कर्मचारीलाई सञ्चालनमा रहेका अन्य शाखामा खटाइएको छ।

भदौ २४ गतेको प्रदर्शनमा केन्द्रीय कार्यालयसहित १२ स्टोरमा चोरी र आगजनीबाट पूर्ण क्षति पुगेको थियो। नौवटा स्टोरमा तोडफोड वा चोरी भयो भने सातवटा स्टोर भने अप्रभावित थिए। हाल १६ वटा स्टोर पुनः सञ्चालनमा छन्।

कम्पनीका अनुसार भाटभटेनीले वार्षिक करिब ३७ अर्ब रुपैयाँको कारोबार गर्दै आएको छ। प्रदर्शनपछि कर्मचारीको रोजगारमा असर नपर्ने र सेवा–सुविधा गुमाउन नपर्ने कम्पनीले प्रतिवद्धता जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स