SHAREHUB SHAREHUB

प्रदेश लोक सेवा आयोग, मधेश प्रदेशमा जागिर खाने अवसर

Advertisement Ads
प्रदेश लोक सेवा आयोग, मधेश प्रदेशमा जागिर खाने अवसर
Advertisement Ads

प्रदेश लोक सेवा आयोग, मधेश प्रदेशले प्रदेश निजामती सेवाका सहायक चौथो तह (अप्राविधिक/प्राविधिक) पदका लागि आवेदन खुला गरेको छ। सहायक चौथो तहका लागि बढुवा तथा खुला प्रतिस्पर्धात्मक परीक्षाद्वारा रिक्त पदहरू पूर्ति गरिनेछ।

बढुवाबाट पदपूर्तिका लागि सूचना नम्बर १५६/०८१-८२ अनुसार २०८१ माघ १६ सम्म दरखास्त बुझाउन सकिनेछ। दोब्बर दस्तुर तिरेर २०८१ माघ २३ सम्म पनि आवेदन दिन सकिनेछ।

खुला प्रतियोगितात्मक लिखित परीक्षाका लागि आवेदन २०८१ माघ १६ सम्म अनलाइन प्रणाली (pppsconline.p2.gov.np) मार्फत दिन सकिनेछ। सहायक चौथो तहका लागि आवेदन दस्तुर रु.३००/- तोकिएको छ।

आवेदकले प्रदेश निजामती सेवा ऐन, २०७७ को योग्यता मापदण्ड पूरा गरेको प्रमाण पेश गर्नुपर्नेछ। पुरुष उम्मेदवारका लागि उमेर ३५ वर्ष र महिलाका लागि ४० वर्ष ननाघेको हुनुपर्नेछ।

परीक्षा केन्द्र जनकपुरधाम हुनेछ। परीक्षा मिति पछि प्रकाशित गरिनेछ।

Advertisement Ads

viber image 2025 01 09 06 43 49 300 https://bajarkochirfar.com/job-opportunity-in-state-public-service-commission-madhesh-state | %tagsviber image 2025 01 09 06 43 49 392 https://bajarkochirfar.com/job-opportunity-in-state-public-service-commission-madhesh-state | %tags

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स