SHAREHUBSHAREHUB

सेन्ट्रल फाइनान्समा जागिर खाने अवसर

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर २३ गते
AdvertisementAds
सेन्ट्रल फाइनान्समा जागिर खाने अवसर
AdvertisementAds

सेन्ट्रल फाइनान्स लिमिटेडले विभिन्न पदका लागि योग्यता पुगेका तथा इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरेको छ।

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त २७ वर्षदेखि सञ्चालन हुँदै आएको यो राष्ट्रियस्तरको वित्तीय संस्थाको मुख्य कार्यालय ललितपुरको कुपण्डोलमा रहेको छ।

उपलब्ध पदहरूमा ब्रान्च इन्चार्ज (अधिकृत तहसम्म), क्रेडिट विभाग (सहायकदेखि अधिकृत तहसम्म), र अपरेसन विभाग (सहायक तह) रहेका छन्। यी पदहरू काठमाडौं र काठमाडौं बाहिरका शाखाहरूका लागि खुला गरिएको हो।

उम्मेदवारहरूले सम्बन्धित विषयमा स्नातक वा स्नातकोत्तर (पदअनुसार) शैक्षिक योग्यता पूरा गरेको हुनुका साथै बैंक तथा वित्तीय संस्थामा अनुभव (पदअनुसार अनिवार्य वा प्राथमिकता) हुनुपर्नेछ।

आवेदनका लागि उम्मेदवारहरूले अंग्रेजी र नेपाली भाषामा दखल राख्नुका साथै राम्रो मार्केटिङ, कम्युनिकेसन, र अन्तरव्यक्तिगत कौशलका साथै कम्प्युटर ज्ञान आवश्यक छ।

AdvertisementAds

आवेदन दिने म्याद २०८१ पुष ७ (डिसेम्बर २२, २०२४) सम्म रहेको छ।

इच्छुकले (https://centralfinance.com.np/) मा गई आवेदन दिन सक्नेछन्। प्रारम्भिक छनोटमा परेका उम्मेदवारहरूलाई मात्र सम्पर्क गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स