जनक शिक्षा सामग्री केन्द्रमा जागिर खाने अवसर
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले विभिन्न पदका लागि दरखास्त खुलाएको छ। केन्द्रले आन्तरिक, खुला, र समावेशी प्रतियोगितामार्फत पदपूर्ति गर्ने लक्ष्य राखेको हो।
केन्द्रका अनुसार, प्रबन्धक, उपप्रबन्धक, शाखा अधिकृत र वरिष्ठ सहायक पदका लागि २८ जना जनशक्ति माग गरिएको छ। इच्छुक र योग्य नेपालीहरूले फागुन १ गतेभित्र वा दोब्बर दस्तुर तिरी फागुन ८ गतेसम्म दरखास्त बुझाउन सक्नेछन्।
दरखास्त केन्द्रको केन्द्रीय कार्यालय, सानोठिमी, भक्तपुरमा दिनुपर्नेछ। दरखास्त फाराम केन्द्रको वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ।