insta insta

नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडमा जागिर खुल्यो, तलब १ लाख रुपैयाँ भन्दा बढी

नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडमा जागिर खुल्यो, तलब १ लाख रुपैयाँ भन्दा बढी
Advertisement Ads

नेपाल राष्ट्र बैंकले समस्याग्रस्त नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापनका लागि योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको छ।

लेखासम्बन्धी कार्यमा न्यूनतम १० वर्षको अनुभव भएका स्नातक उपाधि धारक वा पाँच वर्षको अनुभवसहित चार्टड एकाउण्टेन्सी पास गरेका व्यक्तिहरूले आवेदन दिन सक्नेछन्। आवेदन दिने उमेद्द्वारको उमेर ३५ देखि ६५ वर्षभित्र हुनुपर्नेछ।

मासिक पारिश्रमिक रु. १,०३,६०० तोकिएको छ, साथै दशैं खर्च र वार्षिक १२ दिनसम्मको भैपरि आउने विदा पनि उपलब्ध हुनेछ।

परीक्षाका रूपमा कार्ययोजना प्रस्तुति र अन्तर्वार्ता गरिनेछ। इच्छुक व्यक्तिहरूले मंसिर २ गतेभित्र नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा दरखास्त पेस गर्नुपर्नेछ। दरखास्त फाराम, आवश्यक कागजात तथा कार्ययोजनाको ढाँचा छनौट समितिको सचिवालयबाट उपलब्ध हुनेछ।

Screenshot 27 11 2024 14021 www.nrb .org .np https://bajarkochirfar.com/job-openings-in-nepal-share-markets-and-finance-limited-salary-more-than-1-lakh-rupees | %tags

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स