अमेरिकाको बोस्टनस्थित लोगन विमानस्थलमा जेटब्लू एयरलाइन्सको एक विमान धावनमार्गबाट चिप्लिएर घाँसेमैदानमा पुगेको छ। अमेरिकी सञ्चारमाध्यमका अनुसार उक्त घटना बिहीवार बिहान भएको हो।
शिकागोको ओहेयर अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ८:४१ बजे उडेको विमान अवतरण गर्ने क्रममा चिप्लिएको थियो।
सौभाग्यवश, विमानमा सवार सबै यात्रु सकुशल रहेका छन्। उनीहरूलाई सुरक्षित रूपमा विमानबाट बाहिर निकालेर नजिकैको टर्मिनलमा लगिएको थियो।
घटनापछि संघीय उड्डयन प्राधिकरण (FAA) ले लोगन विमानस्थलमा सबै उडान केही समयका लागि रोकेको थियो, तर पछि पुनः सञ्चालनमा ल्याइएको छ।
उड्डयन विज्ञहरूले ब्रेक जाम भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेका छन् भने, जेटब्लू एयरलाइन्सले घटनाको पूर्ण छानबिन गर्ने जनाएको छ।
(एजेन्सीहरुको सहयोगमा)


















![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-150x150.jpg)

प्रतिकृया