गत वर्षको तुलनामा जीवन विकास लघुवित्तको नाफा ३ करोडले बढ्यो, किन ?



Advertisement
Ads

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २० करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.५७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १७ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।


Advertisement

खुद ब्याज आम्दानी बढेसँगै कम्पनीको खुद नाफा बढ्न पुगेको हो। कम्पनीको खुद ब्याज आम्दानी २८.०४ प्रतिशत बढेर ९४ करोड ८१ लाख २१ ह्जार रुपैयाँ पुगेको छ ।त्यस्तै, सञ्चालन मुनाफा १५.५७ प्रतिशत बढेर २९ करोड ३४ लाख ८९ हजार रुपैयाँ पुगेको छ ।


Advertisement

दोस्रो त्रैमाससम्ममा कम्पनीको वितरणयोग्य मुनाफा ७२ करोड ६४ लाख रुपैयाँ रहेको छ। १ अर्ब ३४ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २ अर्ब १३ करोड ८ लाख रुपैयाँ सञ्चित छ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ। पुसमसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ११ पैसाले बढेर ३० रुपैयाँ ४९ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ २५८ रुपैयाँ ८० पैसा रहेको छ।

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर