जीवन विकास लघुवित्तले गर्यो लाभांश घोषणा



जीवन विकास लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ।

संस्थाको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी १ अर्ब ५३ करोड ६१ लाख ७१ हजार ५४६ रुपैयाँको १४.७४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

यसमा १४ प्रतिशतको २१ करोड ५० लाख ६४ हजार १६ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.७४ प्रतिशतको १ करोड १३ लाख १९ हजार १६१ रुपैयाँ बराबरको नगद लाभांश समावेश रहेको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर

Ads will close in 8 seconds
Skip Ad