जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को उपाधि जित्न सफल भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा जनकपुरले सुदूरपश्चिमद्वारा प्रस्तुत १८५ रनको लक्ष्य १९ ओभर २ बलमा ५ विकेट गुमाउँदै पूरा गर्यो।
जनकपुरको जितमा लहिरु मालिन्थाको उत्कृष्ट प्रदर्शन मुख्य रह्यो। उनले ४९ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै ८७ रन बनाएर टोलीलाई जित दिलाउन महत्त्वपूर्ण योगदान गरे। कप्तान आसिफ शेखले ३३ रन जोडे, जबकि हर्ष थाकरले २४ बलमा ३० रन बनाए। बलिङतर्फ सुदूरपश्चिमका सैफ अलि जैब, दीपेन्द्रसिंह ऐरी, इशान पाण्डे र स्कट कुगेलेइनले समान १–१ विकेट लिए।
यसअघि, सुदूरपश्चिमले २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको थियो। सैफ अलि जैब र विनोद भण्डारीले पहिलो विकेटका लागि ११७ रनको साझेदारी गर्दै सुदूरपश्चिमलाई बलियो सुरुवात दिलाए। सैफले ४३ बलमा ६९ रन बनाए, जसमा ८ चौका र २ छक्का सामेल थिए, भने विनोदले ३१ बलमा ४१ रन बनाए। अन्य ब्याटरहरूले भने ठोस प्रदर्शन गर्न सकेनन्। ब्रान्डन म्याकमुलन र हर्मित सिंहले समान १४ रन बनाए भने स्कट कुगेलेइनले १३ रनको योगदान दिए।
जनकपुरका बलर मोहम्मद मोहसिन र किशोर महतोले समान ३–३ विकेट लिए। जिमी निशम र ललित राजवंशीले १–१ विकेट झारे। यस ऐतिहासिक जितसँगै जनकपुरले एनपीएलको ट्रफीसहित १ करोड १० लाख रुपैयाँ जित्यो, त्यस्तै उपविजेता बनेको सुदूरपश्चिमले ५१ लाख रुपैयाँमा चित्त बुझायो।










![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)



प्रतिकृया