मतदाताको घरदैलोमा पुगेर ईश्वर पोखरेल भन्छन्, “एमाले देश बनाउने शक्ति हो, बिगार्ने होइन”

मतदाताको घरदैलोमा पुगेर ईश्वर पोखरेल भन्छन्, “एमाले देश बनाउने शक्ति हो, बिगार्ने होइन”

काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा (एमाले)का उम्मेदवार ईश्वर पोखरेलले आफ्नो चुनावी घरदैलो र मतदाता भेटघाट कार्यक्रम तीव्रतापूर्वक सञ्चालन गरिरहेका छन्। उनले विभिन्न टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्ना योजनाहरू प्रस्तुत गर्दै आएका छन्।

टोखामा भएको कार्यक्रममा सम्बोधन गर्दै पोखरेलले एमाले देश निर्माण गर्ने शक्ति भएको र पार्टी सधैं देशको विकासमा काम गर्दै आएको बताए। ‘एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन,’ उनले भने। उनले सबै कार्यकर्ता र समर्थकलाई जनताको माझ पुगेर पार्टीका एजेन्डा साझा गर्न र मत जुटाउन आग्रह गरे। साथै, जनताका गुनासा, आलोचना र समस्याहरू सुन्ने र समाधानतर्फ काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

पॉखरेलले आगामी २१ फागुनको निर्वाचनमा देशलाई सही मार्गमा अघि बढाउन एमालेको जित आवश्यक रहेको र यसलाई ध्यानमा राखेर चुनावी रणनीति अघि बढाइरहेको बताए। घरदैलोको क्रममा उनले काठमाडौं क्षेत्र नम्बर ५ का लागि तयार पारेका विकास योजनाहरू जनतासमक्ष प्रस्तुत गर्दै क्षेत्रलाई नमूना बनाउने प्रतिबद्धता पनि दोहोर्याए।

637226289 1579076293237441 169370001030932009 n 1 https://bajarkochirfar.com/ishwar-pokharel-says-after-reaching-voters-doorsteps-uml-is-a-force-to-build-the-country-not-to-destroy-it | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स