नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीको पछिल्लो आन्तरिक घटनाक्रमका कारण पार्टी फुट्ने अवस्था नआउने स्पष्ट पारेका छन्। उनले पार्टीलाई कुनै पनि हालतमा फूटतर्फ जान नदिने प्रतिबद्धता जनाउँदै सबैलाई ढुक्क रहन आग्रह गरेका छन्।
काठमाडौंमा आफू निकट केन्द्रीय सदस्य, जिल्ला सभापति तथा वरिष्ठ कानुन व्यवसायीसँगको छलफलमा कोइरालाले पार्टी एकताका लागि निरन्तर संवाद र सहजीकरणमा जुटिरहेको जानकारी गराएका छन्। कोइरालाले पार्टी एकताका लागि आफू ‘विष पिउन’ समेत तयार रहेको बताउँदै कार्यकर्तालाई निराश नहुन आग्रह गरे।
कोइरालाले पार्टी सभापति, कार्यवाहक सभापति र महामन्त्रीहरूसँग पार्टी विभाजन हुन नदिन निरन्तर संवाद गरिरहेको जानकारी गराउँदै पार्टीभित्र निराशा फैलिन नदिने आग्रह गरेका छन्।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया