आजदेखि दुई कम्पनीको आईपीओ निष्काशन खुला, क-कसले भर्न पाउने ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख १६ गते
आजदेखि दुई कम्पनीको आईपीओ निष्काशन खुला, क-कसले भर्न पाउने ?
AdvertisementAds

आज वैशाख १६ गतेदेखि दुई कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्काशन गरेका छन्। याम्बालिङ्ग हाइड्रोपावर लिमिटेड र एभरेष्ट कलर लिमिटेडले आईपीओ निष्काशन गरेका हुन्।

याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले १७ लाख ४३ हजार कित्ता  आईपीओ निष्काशन गरेको छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। यस आईपीओमा पनि वैशाख २२ गतेसम्म आवेदन दिन सकिनेछ।

एभरेष्ट कलर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले ७९ हजार कित्ता आईपीओ निष्काशन गरेको छ। कम्पनीले ७९ हजार कित्ता सेयर निष्काशन गरेको हो। यस आईपीओमा पनि वैशाख २२ गतेसम्म आवेदन दिन सकिनेछ। आवेदकले न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। यस कम्पनीको आईपीओको बिक्री प्रबन्धक समेत मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

दुवै कम्पनीको आईपीओ  बिहान १० बजेपछि भर्न सकिनेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स