जेनजी आन्दोलनपछि केही दिन बन्द भई आजदेखि खुलेको सेयर बजारमा ठूलो गिरावट आएपछि लगानीकर्ताहरूले नीतिगत सुधारका मागसहित नेपाल धितोपत्र बोर्ड (सेबोन) मा धर्ना सुरु गरेका छन्।
ललितपुरको खुमलटारस्थित सेबोन परिसरमा उनीहरूले प्रदर्शन गर्दै नाराबाजी गरेका छन्। अहिले लगानीकर्ताको एउटा समूह सेबोन परिसरमै धर्ना बसेको छ भने अर्को समूह अध्यक्ष सन्तोषनारायण श्रेष्ठसहितका अधिकारीहरूसँग छलफल गर्न हलमा प्रतीक्षा गरिरहेको छ।
लगानीकर्ताले माग पूरा नभएसम्म धर्ना जारी राख्ने अडान लिएका छन्। साथै, तत्काल बोर्ड बैठक बोलाएर निर्णय गर्न अल्टिमेटमसमेत दिएका छन्।
उनीहरूले राखेका मुख्य मागहरू यसप्रकार छन्:
अन्तिम १५ मिनेटको औसत मूल्य निर्धारण गर्ने नियम खारेज गर्नुपर्ने।
जुन कम्पनीले आईपीओको आवेदन पहिले दिएको छ, त्यसलाई प्राथमिकतामा राखेर निष्कासन स्वीकृति दिनुपर्ने।
नकारात्मक नेटवर्थ भएका कम्पनीलाई आईपीओ निष्काशन रोक्नुपर्ने।
बैंकलाई बिना रोकतोक दोस्रो बजारमा लगानी गर्न दिने व्यवस्था गर्नुपर्ने।
सेयर लोनमा लागू गरिएको २५ करोड रुपैयाँको क्याप हटाउनुपर्ने।
कुनै कम्पनीलाई प्रिमियममा आईपीओ जारी गर्न नदिने नियम ल्याउनुपर्ने।
बैंक वा कुनै संस्थाले आफ्ना कर्मचारीलाई दिने बोनस लाभांश, सेयर वा नगद दुवै माध्यमबाट वितरण गर्न पाउने व्यवस्था मिलाउनुपर्ने।








![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-768x432.jpg)



![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-768x432.jpg)
![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-768x432.jpg)


![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-150x150.png)




प्रतिकृया