इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नोक्सानीमा रहेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले ९ करोड ४६ लाख रुपैयाँले नोक्सानी बेहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको ब्याज आम्दानी १२ करोड ९० लाख रुपैयाँ छ भने सञ्चालन मुनाफा ९ करोड ४६ लाख रुपैयाँले ऋणात्मक छ ।कम्पनीको इम्पेरिमेन्ट चार्ज ७१ लाख ५७ हजार रुपैयाँले बढेर १२ करोड एक लाख रुपैयाँ छ । लघुवित्तको वित्तरण योग्य मुनाफा समेत ऋणात्मक रहेको छ ।
चुक्ता पूँजी ४९ करोड ७४ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा १९ करोड ५८ रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको यसअवधिमा खराब कर्जा ९.८५ प्रतिशत रहेको छ । कम्पनी नोक्सानीमा रहेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि नकारात्मक भएको छ । पुसमसान्तसम्म प्रतिसेयर आम्दानी ३८ रुपैयाँ ५० पैसा ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ६१ पैसा कायम भएको छ ।















प्रतिकृया