लोडसेडिङ लुकाउँदै प्राधिकरण, उद्योगीहरू आक्रोशित

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र ११ गते
लोडसेडिङ लुकाउँदै प्राधिकरण, उद्योगीहरू आक्रोशित

नेपालका सिमेन्ट, स्टिल, र धागो उत्पादक संघले नेपाल विद्युत प्राधिकरणले लोडसेडिङबारे झुटो प्रचार गर्दै आएको आरोप लगाएका छन्। आइतबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा संघका प्रतिनिधिहरूले औद्योगिक क्षेत्रमा निरन्तर लोडसेडिङ भइरहे पनि प्राधिकरणले ‘लोडसेडिङ छैन’ भन्दै गलत सूचना फैलाएको गुनासो गरे।

उद्योगीहरूले २०७५ साल वैशाखमा प्राधिकरणले औद्योगिक क्षेत्रलाई लोडसेडिङमुक्त बनाएको औपचारिक घोषणा गरे पनि वास्तविकता ठ्याक्कै उल्टो रहेको बताए। उनीहरूका अनुसार घोषणा भएदेखि २०८१ साल फागुनसम्म उद्योगहरूले प्रत्येक महिना नियमित रूपमा दुईदेखि दस घण्टासम्म लोडसेडिङ खेप्नुपरेको छ। विशेष गरी पुसदेखि जेठ अन्त्यसम्म लोडसेडिङको समस्या झनै गहिरिएको दाबी गर्दै उद्योगीहरूले आधा समय मात्र उद्योग चलाउँदा मेसिनहरू नचल्ने अवस्थामा पुगेको बताए।

नेपालको संविधान, ऐन, र कानूनअनुसार कर, राजस्व, महसुल तिरेर उद्योग सञ्चालन गर्दा समेत सरकारले उद्योगहरूलाई सहज बनाउन नसकेको उद्योगीहरूको आरोप छ। उनीहरूले अब प्राधिकरणले लोडसेडिङबारे स्पष्ट जानकारी दिनुपर्ने माग गरेका छन्। यदि विद्युत् उपलब्ध गराउन नसक्ने हो भने कुन उद्योगहरू प्रभावित छन् भनेर पारदर्शी रूपमा सार्वजनिक सूचना दिनुपर्ने उनीहरूको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स