भारतका प्रसिद्ध गायक सोनु निगमले नेपाली दर्शकसँग पहिलोपटक साक्षात्कार गर्न प्रतीक्षारत रहेको बताएका छन्। आगामी पुस १० गते बौद्ध तुसालमार्गस्थित ह्यात चौरमा हुने ‘सोनु निगम लाइभ इन नेपाल’ साङ्गीतिक कार्यक्रमको लागि पठाएको भिडियो सन्देशमा उनले यस कार्यक्रमलाई विशेष मान्दै नेपाली दर्शकसँग साक्षात्कार गर्ने अवसर पाउँदा आफू उत्साहित भएको बताएका छन्।
उनले भने, “मैले नेपाली गीत धेरै गाएको छु, तर नेपालमा कन्सर्ट गर्न कहिल्यै पाउँन सकिनँ। अहिले नेपाली दर्शकसँग साक्षात्कार गर्न अवसर जुटेको छ, र म त्यस दिनको प्रतीक्षामा छु। नेपाली र भारतीय गीतमार्फत उपस्थित दर्शकलाई मनोरञ्जन दिन कुनै कसर बाँकी राख्ने छैन।”
कार्यक्रम स्थल, ह्यात चौरमा १२,००० दर्शक क्षमता छ, र यस कार्यक्रमको लागि ६००० टिकट विक्री भइसकेको छ।
गायक सोनु निगमका लोकप्रिय नेपाली गीतहरू जस्तै ‘यो जिन्दगीले’, ‘उकाली ओराली गर्दै’, ‘फुलको डाली डालीमा’, ‘यो मायाले हेरन’ र हिन्दी गीतहरू जस्तै ‘मेरे ढोलाना सुन’, ‘कल होना हो’, ‘साथिया’, ‘पापा मेरी जान’, ‘अभि मुझ मे कही’ पनि नेपाली दर्शकका बीचमा निकै लोकप्रिय छन्।
यस कार्यक्रमका लागि टिकटको मूल्य रु २,००० देखि रु ५०,००० सम्म राखिएको छ। आयोजकका अनुसार, गायक निगम पुस १० गते बिहान नेपाल आउने छन्।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया