Advertisement
Ads

अब अष्ट्रेलियामा १६ बर्ष मुनिकाले फेसबुक, इन्स्टाग्राम लगाएतका सञ्जाल चलाउन नपाउने



Advertisement
Ads

अष्ट्रेलियामा अब १६ वर्षभन्दा कम उमेरका बालबालिकाले सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने भएका छन्। संसदले यससम्बन्धी कडा कानुन पारित गरेसँगै यो नियम लागू भएको हो।

यो कानुनले फेसबुक, इन्स्टाग्राम, र टिकटकजस्ता ठूला सामाजिक सञ्जाल प्लेटफर्महरूलाई लक्षित गरेको छ र यसलाई विश्वकै कडा नियमहरूमध्ये एक मानिएको छ। बिहीबार सिनेटले पारित गरेको कानुनअनुसार १६ वर्षमुनिका व्यक्तिहरूलाई सामाजिक सञ्जालमा खाता खोल्नबाट रोक लगाइएको छ। यदि सामाजिक सञ्जाल कम्पनीहरूले यो कानुन पालना नगरेमा अष्ट्रेलियन डलर ५० मिलियनसम्म जरिवाना तिनुपर्नेछ।

प्रधानमन्त्री एन्थोनी अल्बानीजले विधेयकको समर्थन गरेका छन्। उनले भने, “अब अष्ट्रेलियाली बालबालिकाहरू आफ्ना फोन बन्द गरेर फुटबल, क्रिकेट, टेनिस, र नेटबल खेल्न मैदानमा जानेछन्।” कानुन पारित भएपछि अभिभावकहरूले खुसीयाली मनाउँदै जुलुस निकालेका छन्।


Advertisement

यद्यपि गोपनीयता समर्थक तथा केही बाल अधिकार समूहहरूले यो विधेयकको विरोध गरेका छन्, तर ७७ प्रतिशत अष्ट्रेलियाली जनताले १६ वर्षभन्दा कम उमेरकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णयको स्वागत गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर