आइएमई खल्ती लिमिटेड (खल्ती) ले नेपालका डिजिटल सामग्री उत्पादक (कन्टेन्ट क्रिएटर) हरूलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले देशकै पहिलो राष्ट्रिय सम्मान मञ्च ‘आईएमई प्रेजेन्ट्स खल्ती इन्फ्लुएन्सर अवार्ड’ घोषणा गरेको छ। डिजिटल इकोनोमीलाई संस्थागत गर्दै सिर्जनशीलतालाई औपचारिक रूपमा पहिचान दिने उद्देश्यसहित सुरु गरिएको यस अवार्डमार्फत २०० भन्दा बढी प्रभावशाली व्यक्तित्वहरूलाई राष्ट्रिय पहिचान, ब्रान्ड साझेदारीका अवसर तथा नयाँ प्रतिभा प्रवर्द्धनका लागि मञ्च प्रदान गरिने कम्पनीले जनाएको छ। अवार्डले स्थापित क्रिएटरहरूको सम्मान, उदाउँदा प्रतिभाहरूलाई अवसर र सामाजिक सन्देश प्रवाहलाई मुख्य प्राथमिकतामा राखेको छ।
यो अवार्ड चार चरणमा सम्पन्न हुनेछ। पहिलो चरणमा वैशाख १ देखि असार १ गतेसम्म इच्छुक क्रिएटरहरूले खल्ती एपमार्फत निःशुल्क आवेदन दिन सक्नेछन्, जसमा मनोरञ्जन, जीवनशैली, खाना, खेलकुद, प्रविधि, यात्रा, फिटनेस, फेसन, शिक्षा र वित्त लगायतका विभिन्न श्रेणीहरू समावेश छन्। दोस्रो चरणमा असार १ देखि १० गतेसम्म विशेष जुरी टोलीले आवेदनहरूको मूल्याङ्कन गरी शीर्ष १०० क्रिएटर घोषणा गर्नेछ। तेस्रो चरण असार ११ देखि साउन १६ गतेसम्म रहनेछ, जसमा छनोट भएका क्रिएटरहरू भोटिङ र कन्टेन्ट च्यालेन्जमा सहभागी हुनेछन् र अन्तिम छनोटमा जुरी मूल्याङ्कन, क्रिएटरको प्रदर्शन र दर्शकको सहभागिता समेतलाई आधार बनाइनेछ। अन्तिम चरणमा साउन १६ गते काठमाडौँमा आयोजना हुने ग्रान्ड फिनालेमार्फत सबै श्रेणीका विजेताहरू घोषणा गरिनेछ। विजेताहरूले नगद पुरस्कारका साथै राष्ट्रिय पहिचान, मेन्टरसिप र अग्रणी ब्रान्डहरूसँग सहकार्यको अवसर प्राप्त गर्नेछन्।
खल्तीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीका अनुसार इन्फ्लुएन्स अब केवल पहुँचको विषय मात्र नभई जिम्मेवारी पनि हो, र साना–ठूला सबै क्रिएटरलाई समान मञ्च उपलब्ध गराउनुपर्ने अवधारणालाई यो अवार्डले अघि बढाउनेछ। सहभागी हुन इच्छुक क्रिएटरहरूले खल्ती एपमार्फत सिधै दर्ता गर्न सक्नेछन् भने विस्तृत जानकारी कम्पनीको आधिकारिक इभेन्ट पेजमार्फत उपलब्ध हुनेछ।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया