परराष्ट्र मन्त्रालय अन्तर्गत राहदानी विभागले नयाँ प्रणाली कार्यान्वयनका कारण राहदानी वितरण सेवा केही समयका लागि अवरुद्ध हुनसक्ने जनाएको छ। विभागका अनुसार, नयाँ प्रणालीमा जाँदा राहदानी सेवा १–३ हप्तासम्म बन्द हुनसक्नेछ।
अन्तरिम अवस्थामा प्रणाली स्थिरीकरण नभएसम्म जिल्ला/इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान हुने सेवा १–३ हप्तासम्म, र विभागबाट प्रदान हुने सेवा करिब १ हप्तासम्म बन्द हुन सक्नेछ। नयाँ प्रणाली कार्यान्वयनपछि प्रणाली स्थिरीकरणमा १–३ महिनासम्म समय लाग्ने भएकाले यस अवधिमा आवेदन गर्दा राहदानी तयार हुन हालको भन्दा बढी समय लाग्न सक्ने विभागले जनाएको छ।
यस परिस्थितिलाई मध्यनजर गर्दै आगामी ६ महिनाभित्र (२०८३ असोज भित्र) राहदानी आवश्यक पर्ने सेवाग्राहीहरूले अन्तरिम अवस्था सुरु हुनुअघि नै नियमानुसार सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालय, विदेशस्थित नेपाली नियोग वा राहदानी विभागबाट राहदानी सेवा लिन अनुरोध गरिएको छ।


प्रतिकृया